प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार पाउनेहरुको संख्या न्युन

प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार पाउनेहरुको संख्या न्युन

"0" Comments

रुकुम । गत आर्थिक वर्ष २०८०/८१ मा रुकुम पूर्वको भूमे गाउँपालिकामा १३० जनाले मात्र रोजगार पाएका छन् । ६ सय १९ जनाले बेरोजगारको आवेदन दिएको भए पनि १३० जनाले मात्र रोजगारी पाएका हुन् ।

चार सय २१ जना महिला र एक सय ९८ जना पुरुषले बेरोजगार सूचिकृतका लागि निवेदन दिएका थिए । आवेदन आएको मध्ये एक सय चार जना महिला र २६ जना पुरुष गरी एक सय ३० जनाले रोजगार पाएको भूमे गाउँपालिका रोजगार संयोजक विनोद विकले जानकारी दिए । विकको अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त भएको ५० लाख र गाउँपालिका साझेदारी कार्यक्रमको १५ लाख गरी कुल ६५ लाख बजेट खर्च भएको हो ।

यस वर्ष भूमे गाउँपालिका भित्र विभिन्न २० वटा योजना निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गोरेटो बाटो निर्माण, खेलमैदान निर्माण, सार्वजनिक शौचालय निर्माण लगायतका काम गर्ने गरिएको संयोजक विकले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *