संविधान दिवसको अवसरमा सरसफाई
संविधान दिवसको अवसरमा सरसफाई
रुकुम । रुकुम पूर्वमा संविधान दिवसको अवसरमा सरसफाई गरिएको छ । दिवसको अवसरमा मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा सरसफाइ गरिएको हो । ठेकेदारले लामो समय सम्म पनि सडक सरसफाईमा ध्यान नदिएको भन्दै खबरदारी गर्न मध्यपहाडी लोकमार्ग सरसफाई गरिएको बताइएको छ ।
मध्यपहाडी लोकमार्गको विभिन्न खण्डको नालीमा उम्रिएका झाडी हटाउन करिव ४ सय जना परिचालन भएका थिए । राष्ट्रिय गौरवको आयोजना समेत रहेको मध्यपहाडी लोकमार्गको रुकुमपूर्व सडक खण्ड अन्तर्गतको अघिल्लो वर्षको पहिरो तथा झाडीहरु निर्माण कम्पनीले नहटाएपछि जिल्ला समन्वय समितिका प्रमुख तथा संविधान दिवस जिल्ला स्तरीय मुल समारोह समितिका अध्यक्ष मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा सडक सरसफाई गरिएको बताइएको छ ।
मध्यपहाडी लोकमार्ग खण्डको सडकको नाली र सडकका खाल्डा खुल्डी पुर्ने, झाडी तथा वर्षाको कारण थुप्रिएका फोहोर हटाउने काम गरिएको हो । सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको विभिन्न ठाउँहरुमा जनप्रतिनिधि, प्रशासन, विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधि लगायतको सहभागितामा सरसफाइ गरिएको छ ।।

Tôi đã giới thiệu cho nhiều bạn bè hd streamz asia cup TONY10-13