सिस्ने स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड सेवा सुरु
सिस्ने स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड सेवा सुरु
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका– १ सिस्ने स्वास्थ्य चौकीमा आज (बुधबार) देखि अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । जिल्लाको सबै भन्दा विकट वडाको रुपमा चिनिने उक्त वडामा फेयरमेड÷सर्वाङ्गीण विकास केन्द्र एचडीसि नेपालले मेसिन सहयोग गरे पछि बुधबार देखि सेवा सुरु भएको हो ।
आज पहिलो दिन तिन जना गर्भवतीले सेवा लिएको नर्सिङ स्टाप लक्ष्मि गिरी पौडेलले जानकारी दिईन । प्रस्तुति गृह रहेको सिस्ने स्वास्थ्य चौकीमा अल्ट्रा साउन्ड सेवा पनि सुरु भए पनि गर्भजाँचमा सहज भएको उनको भनाई छ । यो भन्दा पहिला अल्ट्रासान्ड सेवा लिन र गर्भ जाँचको लागि नायगाड र रुकुमकोट पठाउनु पर्ने बाध्यता रहेको थियो ।
फेयरमेड, सर्वाङ्गीण विकास केन्द्र एचडीसि नेपालले ५ लाख २१ हजारमा अल्ट्रसाउन्ड मेशिन सिस्ने स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो । त्यस्तै उक्तसंस्थाले दुई जना नर्सलाई झापाको आम्दा अस्पतालमा गर्भवती महिलाहरुको लागि २१ दिने ग्रामिण भिडीयो एक्सरे तालिमको लागि पनि पठाएको थियो ।