चाडपर्व लक्षित बजार अनुगमणलाई प्रभावकारी गराउनु पर्नेमा सरोकारवालाहरुको जोड
चाडपर्व लक्षित बजार अनुगमणलाई प्रभावकारी गराउनु पर्नेमा सरोकारवालाहरुको जोड
रुकुम । रुकुम पूर्वमा बजारमा पाइने उपभोग्य खाद्य बस्तुको गुणस्तर तथा लेवलिङको अवस्थाको बारेमा आज फलफल भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वको आयोजनामा जिल्ला स्थीत सरोकारवालाहरु संग छलफल भएको हो ।
जनिकिदै गएका चाडपर्व र यो समयमा हुने कालो बजारी, खाद्य बस्तुको कृतिम अभाव र प्रयोग गर्न नमिल्ने खाद्य बस्तुको प्रयोग घटाउनलाई जिल्ला स्थीत सरोकारवालाहरुसंग छलफल गरिएको निमित्त कार्यालय प्रमुख रामबहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिल्लामा उत्पादन भएका र बजारमा विक्रि वितरणको लागि राखिएका खाद्य बस्तुको गुणस्तर र लेवलिङको बारेमा पनि छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरुले उपभोक्ता सचेत हुनपर्ने, बस्तुको उपभोग मिति हेर्नु पर्ने, उपभोक्ता संरक्षण ऐनमा भएका उपभोक्ताका अधिकारीहरूको विषयमा पनि छलफल गर्नुमा जोड दिएका थिए । त्यस्तै विक्रेता वा सेवा प्रदायकको दायित्व र उत्पादक वा पैठारिकर्ताले लेबलमा खुलाउनुपर्ने कुराहरूमा ध्यान दिनु पर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रृष्ठले चाडपर्वको बेलामा बजारमा देखिने समस्याको समधानको लागि उपभोक्ता सचेत हुनु पर्ने बताए । उपभोक्ताहरुलाई सचेत बनाउन सबै सरोकारवालाहरुको पनि उत्तिकै महत्व पुर्ण भुमिका हुने उनको भनाई छ ।
त्यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले पनि स्थानीय सरकारले पनि बजार अनुगमणको अधिकार पाएका बताउदै पालिकाका विभिन्न बजारमा भएका समस्या समधानको लागि अन्य नियामक निकायसंग मिलेर काम गर्ने बताए । मख्य गरेर चाड पर्वको समयमा उपभोक्तहरु ठगिने गुनासो आउने गरेको बताउदै अध्यक्ष रेग्मीले चाड पर्व लक्षित बजार अनुगमणलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, उपभोक्ता र व्यवसायीहरुको सहभागिता रहेको थियो ।।