नेपाल जनजागरण मञ्चको साधारण सभा मुसिकोटमा सम्पन्न
नेपाल जनजागरण मञ्चको साधारण सभा मुसिकोटमा सम्पन्न
रुकुम । नेपाल जनजागरण मञ्च (एनप्याप) रुकुम पश्चिमको बार्षिक समिक्षा तथा ८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका– १ खंलगामा बार्षिक समिक्षा तथा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सचिव खम्बुसिंह श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले रुकुम पश्चिम र पुर्वमा चार वटा परियोजना संचालन गरेको छ । रुकुम पूर्वको भुमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकामा समुदाय रुपान्तरण परियोजना, रुकुम पूर्व जिल्लाभर अपांगता पुनस्थापना कार्यक्रम, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सामुदायिक खाद्य सुरक्षा तथा सशक्तिकरण कार्यक्रम संचालन गरिएको छ ।
त्यस्तै रुकुम पश्चिम जिल्लाभर बहु सरोकारवाला स्व–लगानी साझेदारी कार्यक्रम लागु भएको छ । दुवै जिल्लामा सबै कार्यक्रमहरु निरन्तर चलिरहेको प्रतिवदेन प्रस्तुत गर्दै सचिव श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रतिवेदनमा संस्थाले गत आर्थिक बर्ष २०८०÷८१ मा गरेका प्रगति र आर्थिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।
जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टेकबहादुर कुसारीले गरेका थिए । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको बिषेश आतिथ्यता रहेको थियो ।
त्यस्तै निमिक्त प्रमुख जिल्ला अधिकारी विनादे रेग्मी, सुरक्षा निकायका प्रतिनिधि, अन्य सरकारी तथा गैरसरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको संचालन संस्थाका सहसचिव दिपेन्द्र महताराले गरेका थिए ।
त्यस्तै साधारण सभाको उपलक्षमा सरस्वती मावि सल्लेका ६ जना र यमुना नन्दनमुना माध्यामिक विद्यालयका २ जना गरेर ८ जना विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । पत्रकार भरत चन्द र कर्मचारी समिट रिजाल पनि सम्मानित भएका छन् ।