अनेरास्ववियू रुकुम पूर्वको दोस्रो जिल्ला अधिबेशन सुरु
अनेरास्ववियू रुकुम पूर्वको दोस्रो जिल्ला अधिबेशन सुरु

रुकुम । अनेरास्ववियू रुकुम पूर्वको दोस्रो जिल्ला अधिबेशन सुरु भएको छ । आज सिस्ने गाउँपालिका– ६ रुकुमकोटमा अधिबेशन सुरु भएको हो । नेकपा एमालेका पोलिट्व्युरो सदस्य खेममान खड्काले अधिबेशनको उद्घाटन गरेका हुन ।
संगठनको नयाँ जिल्ला कमिटि चयन गर्दै अधिबेशन आजै सकिने संगठनका जिल्ला अध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिए । अध्यक्ष खड्काको अध्यक्षतामा सुरु भएको जिल्ला अधिबेशनमा पाटीका पोलिट्व्यरो सदस्य खड्काको प्रमुख आतिथ्यता रहेको छ ।
त्यस्तै केन्द्रिय परिषद सदस्य नन्दलाल शर्मा, चुडामणि गौतम, स्थायी समिति सदस्य लेखनाथ खनाल, जिल्ला अध्यक्ष लिलामणि गौतम लगायतको आतिथ्यता रहेको थियो । अधिबेशनको उद्घाटन सत्र संगठनका जिल्ला सचिव दिपशिखर बोहोराले गरेका हुन् ।।