एनपीएल अक्सन : बिक्री भएका सबै खेलाडीहरु र पाएको मूल्य
एनपीएल अक्सन : बिक्री भएका सबै खेलाडीहरु र पाएको मूल्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन् । कुल १६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका थिए ।
अक्सनमा कुल १२ खेलाडी उच्चतम मूल्य १५ लाख रुपैयाँमा बिके । नेपालका विकेटकिपर अनिल कुमार साहलाई सबै ८ फ्रेन्चाइज टोलीले अक्सनमा मूल्य लगाएका थिए । गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई ७–७ टोलीले अक्सनमा मूल्य लगाएका थिए । अक्सनमा ए ग्रेडका तीनै र बी ग्रेडका दुई गरी पाँच खेलाडी लुम्बिनी लायन्सले चिट्ठाबाट पाएको थियो ।
त्यसैले लुम्बिनी अक्सनमा सर्वाधिक भाग्यभानी बन्यो । काठमाडौं गुर्खाज अक्सनमा सबैभन्दा कमजोर र अभागी बन्न पुग्यो । एनपीएल अक्सनमा ब्रिकी भएका खेलाडी र उनीहरुले पाएको मूल्य यस प्रकार छ ।
चितवन राइनोज :
कुशल मल्ल मार्की, रिजन ढकाल १० लाख, कमलसिंह ऐरी १० लाख, शरद भेषवाकर १० लाख, विपिन रावल ८ लाख, सन्तोष कार्की ५ लाख, दीपेश श्रेष्ठ ५ लाख, अमरसिंह राउटेला ५ लाख, दीपक बोहरा ५ लाख, रञ्जित कुमार ३ लाख र गौतम केसी २ लाख ।
कर्णाली याक्स :
सोमपाल कामी मार्की, गुल्सन कुमार झा १५ लाख, नन्दन यादव ११ लाख मौशम ढकाल १० लाख, अर्जुन घर्ती १० लाख, देव खनाल १० लाख, रित गौतम ५ लाख, भुवन कार्की ५ लाख, दीपेन्द्र रावत ३ लाख, दीपक डुम्रे ३ लाख र युनिस विक्रम सिंह २ लाख ।
लुम्बिनी लायन्स :
रोहित कुमार पौडेल मार्की, सूर्य तामाङ १५ लाख, विवेक यादव १५ लाख, सन्दीप जोरा १५ लाख, आशुतोष घिरैया १० लाख, तिलकराज भण्डारी १० लाख, दुर्गेश गुप्ता ८ लाख, अर्जुन साउद ५ लाख, दीनेश अधिकारी २ लाख ७५ हजार, अभिषेक गौतम २ लाख र विकास आग्री २ लाख ।
सुदूरपश्चिम रोयल्स :
दीपेन्द्रसिंह ऐरी मार्की, आरिफ शेख १५ लाख, अभिनाश बोहरा १२ लाख, विनोद भण्डारी १० लाख, ईशान पाण्डे ९ लाख ५० हजार, अर्जुन कुमाल ७ लाख ५० हजार, खड्क बोहरा ५ लाख, नरेश बुढाएर ५ लाख, अमित श्रेष्ठ ३ लाख ३५ हजार र नरेन साउद २ लाख ।
विराटनगर किंग्स :
सन्दीप लामिछाने मार्की, लोकेश बम १५ लाख, प्रतिश जि.सी १५ लाख, बसिर अहमद १० लाख, राजेश पुलामी मगर ५ लाख, जितेन्द्र मुखिया ५ लाख, अनिल खरेल ५ लाख, दीपक बोहरा ५ लाख, सुभाष भण्डारी २ लाख ५० हजार, नरेन भट्ट २ लाख र मिर्नल गुरुङ २ लाख ।
जनकपुर बोल्ट्स :
आसिफ शेख मार्की, ललित राजवंशी १५ लाख, अनिल कुमार साह १५ लाख, रुपेश सिंह १० लाख, आकाश त्रिपाठी १० लाख, किशोर महतो १० लाख, शुभ कंस्कार (५ लाख), शेर मल्ल ५ लाख, हेमन्त धामी ५ लाख, अरनिको प्रसाद यादव २ लाख ५० हजार र तुल बहादुर थापा २ लाख
काठमाडौं गुर्खाज :
करण केसी मार्की, साहब आलम १५ लाख, भीम सार्की १५ लाख, राशिद खान १० लाख, शंकर राना ९ लाख ५० हजार, दीपेश कँडेल ५ लाख, सुमित महर्जन ५ लाख, कृष्ण कार्की ५ लाख, विवेक केसी २ लाख, प्रतिक श्रेष्ठ २ लाख र राजु रिजाल २ लाख ।
पोखरा एभेन्जर्स :
कुशल भुर्तेल मार्की, सागर ढकाल १५ लाख, आकाश चन्द ११ लाख ५० हजार, किरण कुमार ठंगुन्ना १० लाख, नारायण जोशी १० लाख, विपिन खत्री १० लाख, दिलिप नाथ १० लाख, तृतराज दास ५ लाख, सुनाम गौतम ५ लाख, दीनेश खरेल २ लाख र अमृत गुरुङ २ लाख ।

I’m extremely impressed along with your writing abilities and also with the format for your weblog. Is that this a paid topic or did you modify it yourself? Either way keep up the excellent high quality writing, it is uncommon to look a nice blog like this one nowadays!