रुकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मत्यु भएको छ । आज अपरान्ह करिब ४ बजेतिर एक युवकले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।
पुलबाट हाम फाल्नेमा सल्लेका बुद्धिराम बोहोरा रहेको प्रहरीको भनाई छ ।।