विकास निर्माणको बजेटलाई सदुपयोग गरौं :प्रदेशसभा सदस्य केसी
विकास निर्माणको बजेटलाई सदुपयोग गरौं :प्रदेशसभा सदस्य केसी

रुकुम । रुकुम पूर्व प्रदेशसभा क्षेत्र नम्वर २ का सांसद धनबहादुर केसीले सिस्ने गाउँपालिकाका विभिन्न योजनाको अनुगमण गरेका छन् । आज (बिहिबार) विहान सिस्ने गाउँपालिका– ३ र ७ का विभिन्न योजनाको अनुगमण गरेका हुन् । संघिय, प्रदेश र स्थानीयतह मार्फत निर्माण भैरहेका योजनाको अनुगमण गरिएको थियोे ।
नथिगाड खोला पुल, दुइवटा वडामा निर्माण भैरहेका विद्यालय भवनहरु, सभाहल, सडक, सिचाइ कुलो लगायत योजनाको अनुगमण गरिएको बताइएको हो । अनुगमण क्रममा प्रदेश सभा सदस्य केसीले कुनै पनि विकास निर्माणको योजनामा राजनिति नर्गन अनुरोध गरेका छन् । विकास निर्माणका काम र विकासे योजनाहरु जनताको लागि भएको भन्दै उनले धेरै ठाउँमा विकास निर्माणको विषयमा राजनिति हुने गरेको बताए ।
तर रुकुम पूर्वमा हुने विकास निर्माणको योजनाहरुमा राजनिति नहुनेमा आफु विश्वस्त रहेको उनको भनाई थियो । विकास निर्माणको काममा राजनिति भएकै कारण भनेको समयमा काम सम्पन्न नहुने गरेको र विकासको गति सुस्त हुने गरेको उनको भनाई थियो ।
जुनसुकै राजनितिकदलहरुको पहलमा विकासको काम सुरु हुने भए पनि त्यो कामलाई प्रभावकारी र छिटो सम्पन्न गर्न अनुरोध पनि गरेका छन् । पुर्वधारको काममा गुणस्तरलाई ध्यान दिएर दिगो र प्रभावकारी बनाउन पनि उनले निर्देशन दिए । त्यस्तै समयमा काम सम्पन्न हुन नसकेका कामहरुलाई छिटो सम्पन्न गराउनको लागि जिल्लाका सरोकारवालाहरुलाई पनि निर्देशन दिए ।
विकास निर्माणको बजेटलाई सहि सदुपयोग गर्न पनि अनुरोध गरेका छन् । त्यस्तै उहाँले जिल्लाको शैक्षिक क्षेत्रको सुधारको लागि प्राविधिक शिक्षा र आधुनिक भवन निर्माण आफ्नो प्राथामिकता रहेको उनको भनाई थियो । त्यस्तै सिस्ने ३ मा रहेको जनता माध्यामिक विद्यालयका प्रधानध्यापक कलु खड्काले बन्द हुने अवस्थामा रहेका प्राविधिक शिक्षालयहरुको संरक्षणमा पहल गर्न अनुरोध गरेका छन् ।
अुनगमणको क्रममा प्रदेश सभा सदस्य केसी, जिल्ला समन्वय समिति उप–प्रमुख मोहन केसी, जिल्ला अधिकारी रुद्रप्रशाद न्यौपाने, जिल्ला समन्वय अधिकारी रविन्द्र बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक माधव खरेल, सिस्ने– ३ का वडा अध्यक्ष हेराम खड्का, ७ का वडा अध्यक्ष ससिधर बुढा लगायतको सहभागिता रहेको थियो ।।