गलत बाटोबाट फाइदा लिनेहरुलाई किनारा लगाएरै छोड्छु : मुख्यमन्त्री कडेल

गलत बाटोबाट फाइदा लिनेहरुलाई किनारा लगाएरै छोड्छु : मुख्यमन्त्री कडेल

"0" Comments

रुकुम । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो कार्यकालमा राम्रो कामको लागि प्रयास गर्ने, नसकिएमा नराम्रो हुन नदिने बताएका छन् । आज नेकपा एमाले रुकुम पश्चिमको कार्यालयमा आयोजित पार्टीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आफूले पारदर्शी, भेदभावरहित र विधिको विकास चाहेको उल्लेख गर्नुहुँदै गलत बाटोबाट फाइदा लिनेहरुलाई किनारा लगाएरै छोड्ने बताए ।

एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका कँडेलले शान्ति प्रक्रियापछि निरन्तर सरकारमा रहेको नेकपा माओवादी केन्द्र अहिले सडकमा पुगेको र उसले सत्ता र शक्तिको हतियार गुमाएपछि छटपटी सुरु हुन थालेको बताए । ०८४ सम्म वर्तमान सत्ता गठबन्धन जाने र त्यतिन्जेल माओवादीको अवस्था नाजुक बन्ने उनले उल्लेख गरे ।

स्थानीय तहदेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेको यस जिल्लामा अनुदानको दुरुपयोग, विकासका योजना अलपत्र, कृषि र सहकारीको अनुदान लथालिङ्ग भएको उल्लेख गर्नुहुँदै उहाँले माओवादीले रुकुममा गरेको भेदभाव, पक्षपात, हिनामिना अब नटिक्ने दाबी गरे ।

बैठकमा उहाँले दल बलियो बनाएर मात्र विकास र निर्माणको मुद्दा उठाउन तर्फ लाग्नुपर्ने समेत बताए । राजनीतिक अवस्था बदलिएको बताउनुहुँदै उहाँले अब जनताको अवस्था बदल्ने जिम्मेवारी एमालेकै काँधमा आएको बताए । उनले जनताको बिचमा गएर कुरा राख्न सुरु गरेमा पार्टी निर्माणको आधार बन्ने बताए ।।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *