रुकुमकोटमा बनेको पहुना घर सिस्ने गाउँपालिकाले संचालन गर्ने

रुकुमकोटमा बनेको पहुना घर सिस्ने गाउँपालिकाले संचालन गर्ने

"0" Comments

रुकुम पुर्व । सिस्ने गाउँपालिका– ५ को पाहुना घरका भवनहरु लामो समय पछि निर्माण भएका छ । २०७४ असार २० मा सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना दाङको आर्थिक सहयोगमा भवन निर्माण थालिएको थियो । उक्त पाहुना घर निर्माण भएर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

रुकुमकोट कमलपोखरीको उत्तरपूर्वमा रहेको पाहुना घरका भवन लामो समय सम्म पनि निर्माण हुन नसकेर अलपत्र अवस्थामा थिए । पाहुना घरका लागि दुई वटा भवन निर्माण भएका छन् । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गरेर यहि आर्थिक बर्षमा निर्माणको काम सम्पन्न गरेको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए ।

गाल्भा क्याराभान जेभीले रु दुई करोड ७५ लाखमा दुई वर्षभित्र निर्माण सक्ने गरी जिम्मा पाएको थियो ।  सरकारको सघन सहरी तथा भवन निर्माण आयोजनाले गत आर्थिक बर्षमा ९३ लाख बजेट थप गरेर काम सकाएको अध्यक्ष रेग्मीले बताए । घुमघामका लागि आउने पर्यटक तथा पाहुनाका लागि खान–बस्न सहज होस् भनेर यसको निर्माण गरिएको हो ।

पाहुना घर निर्माण भएसंगै सिस्ने गाउँपालिकाले संचालनको तयारी गरेको छ । पाहुना घर संचालन कार्यविधि निर्माणको काम भैरहेको गाउँपालिका अध्यक्ष रेग्मीको भनाई छ । उका अनुसार कार्यविधि निर्माण पछि पाहुना घर संचालनमा आउने छ ।

भवन निर्माणको काम सम्पन्न भए पनि भित्रको काम भने बाकि रहेको छ । जिल्लाको संस्कृति झल्किने बस्तुहरु पाहुना घरमा राख्ने योजना गाउँपालिकाको रहेको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *