आठविसकोट बस दुर्घटना : घाईतेको विवरण

आठविसकोट बस दुर्घटना : घाईतेको विवरण

"0" Comments

रुकुम । रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा यात्रुवाहक बस दुर्घटनामा घाईते भएकाहरुको पहिचान भएको छ ।

काठमाडौबाट राडीतर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार दिउँसो भेरी करिडोरस्थित रिठा नजिकै दुर्घटना भएको हो । घाइते हुनेहरुमा धादिङ खाग्री गाउँपालिका १ का ३१ वर्षिय चालक खडकबहादुर तामाङ, सोही गाउँपालिका ६ बस्ने २८ वर्षिय भिमबहादुर भुलन, रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ का ३१ वर्षिय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका ७ का २६ वर्षिय प्रकाश मगराठी रहनु भएको छ ।

 

त्यसैगरि रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका ८ का ४५ वर्षिया भिमकुमारी चदारा, उहाँको १० वर्षको छोरा मानबहादुर चदारा, मोरङ खेरुवा नगरपालिका ५ का २८ वर्षिय आकाश काफ्ने र जाजरकोट नलगाड नगरपालिका १२ की २५ वर्षिया किसङकुमारी विक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

 

घाइते सवैको अहिले नगर अस्पताल राडीमा उपचार भइरहको छ । उहाँहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ । बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *