स्थानीयतह उप निर्वाचन : सानीभेरी ५ मा चार जनाको उम्मेदवारी

स्थानीयतह उप निर्वाचन : सानीभेरी ५ मा चार जनाको उम्मेदवारी

"0" Comments

रुकुम पश्चिम । स्थानीयतह उपनिर्वाचन अन्तरगत रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा हुने वडा अध्यक्षको निर्वाचनको लागि चार जनाको उम्मेदवारी परेको छ । काग्रेस, एमाले र जनता समाजवादी पाटीको गठबन्धन, माओवादी केन्द्र, नकपा एस र एक जना स्वतन्त्रबाट उम्मेदवारी परेको हो ।

नेपाली काग्रेस, नेकपा एमाले र जनता समाजवादी पाटी गठबन्धनका तर्फबाट मोतिराम खत्रीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै माओवादी केन्द्रबाट जसिराम बस्नेतको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत रामप्रशाद बस्यालले बताए । नेकपा एकिकृत समाजबादीको तर्फबाट हंसराज पुरी र स्वतन्त्रबाट बिरबहादुर बस्नेतको उम्मेदवारी पनि परेको छ ।

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उहाँ स्वर्गीय वडाध्यक्ष खत्रीका सहोदर भाइ हुन् । माओवादीको तर्फबाट उम्मेदवार जसिराम बस्नेत पुर्व वडा सदस्य हुन् ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *