रुकुम पश्चिममा उप निर्वाचनः दुई जना उम्मेदवार विरुद्ध उजुरी
रुकुम पश्चिममा उप निर्वाचनः दुई जना उम्मेदवार विरुद्ध उजुरी
रुकुम । वडा अध्यक्षका लागी उपनिर्वाचन हुने रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ मा दुई जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । कांग्रेस उम्मेदवार मोतिराम खत्री र माओवादी उम्मेदवार जसिराम वस्नेतका विरुद्धमा उजुरी परेको सहायक निर्वाचन अधिकृत गोविन्द कोईरालाले बताए ।
यहाँ एक पदका लागी ४ जनाको उम्मेदवारी परेको मध्ये कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खत्री शिक्षक भएको भनेर उजुरी परेको र माओवादीका तर्फबाट उम्मेदवार बनेका वस्नेतको नाममा रहेको व्यवसायीक फर्मको कर चुक्ता नगरेको भनेर उजुरी परेको कोईरालाले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अनुसार हिजो (सोमबार) उम्मेदवारी दर्ता हुन आएका उम्मेदवारको विरोधमा आज दिउँसो ३ बजेभित्र उजुरी दिने, बुधबार मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
यसबाहेक रुकुम पूर्वमा पनि पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र सोहि पालिकाको २ नम्बर वडामा अध्यक्षका लागी उपनिर्वाचन हुदैछ । तर यहाँ भने कुनै उम्मेदवार विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।