उपचुनाव– सानीभेरी ५ मा दुई मतदान केन्द्र

उपचुनाव– सानीभेरी ५ मा दुई मतदान केन्द्र

"0" Comments

रुकुम । मङ्सिर १६ गते हुने स्थानीय तहको उपचुनाव अन्तर्गत रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा एउटा मात्र मतदान स्थल कायम गरिएको छ । जसमा दुई वटा मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपाल राष्ट्रिय मावि घापाघारमा मतदान स्थल कायम गरेको छ भने क र ख गरी २ वटा मतदान केन्द्रहरू रहेका छन् ।

दुवै मतदान केन्द्रमा कर्मचारी समेत परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मोहनलाल केसीले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी २ जना र कार्यालय सहयोगी १ जना गरी प्रति मतदान केन्द्र ५ जनाका दरले कर्मचारी परिचालन गरेको जिल्ला गरिएको छ ।

नेपाल राष्ट्रिय मावि ‘क’ मतदान केन्द्रको मतदान अधिकृतमा गोविन्दप्रसाद कोइराला र ‘ख’ मतदान केन्द्रमा शशीराम विष्टलाई मतदान अधिकृतका रूपमा खटाइएको छ । त्यस्तै क मतदान केन्द्रको सहायक मतदान अधिकृतमा रमेश खड्का, सहायक कर्मचारीमा कृष्णबहादुर केसी र समशेरबहादुर महत तथा कार्यालय सहयोगीमा तुलवीर ओली रहेका छन् ।

‘ख’ मतदान केन्द्रको सहायक मतदान अधिकृतमा झकेन्द्र केसी, सहायक कर्मचारीमा युवराज कार्की र ईश्वरीप्रकाश ओली तथा कार्यालय सहयोगमा अयुब खड्कालाई खटाइएको बताइएको छ । त्यस्तै जगेडा मतदान अधिकृतमा निमबहादुर केसी र सहायक मतदान अधिकृतमा दिनेश ओलीलाई राखिएको छ ।

सानीभेरी ५ मा हुन लागेको वडाध्यक्षको उपचुनावका लागि १४ सय ३४ जना मतदाता रहेका छन् । ‘क’ मतदान केन्द्रमा क्रम सङ्ख्या १ देखि ७ सम्मका मतदाताले मतदान गर्ने छन् भने त्यो भन्दा माथि क्रम सङ्ख्या रहेका मतदाताले ‘ख’ मतदान केन्द्रमा मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *