सानीभेरी ५ मा करिब ८० प्रतिशत मत खस्यो

सानीभेरी ५ मा करिब ८० प्रतिशत मत खस्यो

"0" Comments

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भईरहेको उपनिर्वाचनमा ७९.१५ प्रतिशत मत खसेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको मतदानस्थलमा बिहान ७ः२५ बजेबाट मतदान सुरु भएको हो ।

सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाका अनुसार दिउँसो ३ बजेसम्म ७९.१५ प्रतिशत मत खसेको छ । जम्मा एक हजार ४३४ मतदाता मध्य एक हजार १३५ जनाको मत खसेको हो । दिउँसो ३ बजे सम्म ६०३ जना पुरुष र ५३२ जना महिलाले मतदान गरेका छन् ।

यहाँ कायम गरिएको एक मतदानस्थलमा दुई केन्द्र बनाईएको छ । मतदान केन्द्र (क) मा सात सय र केन्द्र (ख) मा ७३४ मतदाता गरेर यहाँ जम्मा एक हजार ४३४ जना मतदाता रहेका छन् । मतदाता मध्य ७४४ पुरुष र ६९० महिला रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *