पालिकामा कार्यविधि बन्यो, डुङ्गा दर्ता भएनन्

पालिकामा कार्यविधि बन्यो, डुङ्गा दर्ता भएनन्

"5" Comments

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ३ र ५ मा फैलिएको स्यार्पुतालमा पालिकाले कार्यविधि निर्माण गरे पछि डुङ्गा संचालनको बाटो खुलेको छ । कात्तिक २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले कार्यविधि निर्माण गरेसंगै डुङ्गा संचालनको बाटो खुलेको हो ।

तालमा कार्यविधि विपरित ढुङ्गा सञ्चालन भए पछि लामो समय सम्म ढुङ्गा सञ्चालनमा रोक लगाइएको थियो । गाउँकार्यपालिका बैठकले डुङ्गा दर्ता, व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०८१ पारित गरेको हो । गाउँपालिकाले कार्यविधि बनाएको एक महिना हुदा सम्म भने ढुङ्गा व्यवसायीहरुले आफ्नो व्यवसाय दर्ता गरेका छैनन् ।

कार्यविधिमा पालिकामा दर्ता गर्दा लाग्ने शुल्क, भाडादर, विमा, यात्रु सुरक्षा, डुङ्गाको मापदण्ड र डुङ्गाको बर्गिकरण गरिएको गाउँपालिका अध्यक्ष जनककुमार बाठामगरले जानकारी दिए । ‘व्यवस्थित तरिकाले डुङ्गा सञ्चालन गर्ने उद्श्यले हामिले कार्यविधि ल्याएका छौ । पालिकामा आएर व्यवसाय सुचिकृत तथा दर्ता गर्न पनि आग्रह गरेका छौ तर डुङ्गा व्यवसायहरु दर्ताको लागि आउनुभएको छैन ।’, अध्यक्ष बाठामगरले भने ।

अहिले तालमा आधुनिक ढुङ्गा तिन वटा र एउटा मोटरबोट रहेका छन् । ति डुङ्गा दुई महिना देखि चलेका छैनन् । तालमा डुङ्गा सञ्चालन नहुदा स्यार्पु पुग्ने पर्यटकको संख्या घट्दै गएको छ । पुस १५ भित्र पालिकाको कार्यविधि अनुसार डुङ्गा दर्ता गरेर सञ्चालनमा ल्याइने डुङ्गा व्यवसाय आदित्य मल्लले बताए ।

‘पालिकाले कार्यविधि निर्माण गरेको छ । हामिलाई डुङ्गा सञ्चालनमा सहज हुने देखिन्छ । हामि आवश्यक प्रक्रियामा छौ । विमाको काम बाँकी रहेकाले सबै काम सकाएपछि डुङ्गा सञ्चालन गर्छौ ।’, मल्लले भने ।

तालमा डुङ्गा सञ्चालनमा आए पछि पर्यटकको संख्या बढ्ने व्यवसायहरुको भनाई छ । कार्यविधि निर्माण पछि डुङ्गा संचालन व्यवस्थित हुने अपक्षा उनीहरुको छ ।


5 thoughts on “पालिकामा कार्यविधि बन्यो, डुङ्गा दर्ता भएनन्

  1. Hi, I think your site might be having browser compatibility issues. When I look at your website in Safari, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other then that, fantastic blog!

  2. hello there and thank you for your info – I have definitely picked up anything new from right here. I did however expertise a few technical issues using this website, since I experienced to reload the site many times previous to I could get it to load correctly. I had been wondering if your web host is OK? Not that I’m complaining, but slow loading instances times will very frequently affect your placement in google and could damage your high quality score if advertising and marketing with Adwords. Anyway I’m adding this RSS to my email and could look out for much more of your respective interesting content. Make sure you update this again soon..

Leave a Reply

Your email address will not be published. Required fields are marked *