एकै घरका दुई जनाको हत्यामा संलग्न समेत मृत भेटिए

एकै घरका दुई जनाको हत्यामा संलग्न समेत मृत भेटिए

"0" Comments

रुकुम पूर्व । भुमे गाउँपालिका वडा नं. ४ साकिममा दुई जनाको हत्या गरी फरार भएका भनिएका व्यक्ति समेत मृत भेटिएका छन् । हत्यामा संलग्न भएका व्यक्ति टाउकोमा गहिरो चोट लागेको अवस्थामा गाउँ नजिकै भेटिएको प्रहरीले जानकारी दिएको छ ।

साकिमका अन्दाजी ५१ बर्षका चन्द्रसिंह पुनले आज दिउँसो ३ बजेतिर सोही ठाउँका ६० बर्षकी ढाटी बुढा र निजको नाती ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेर फरार भएको र खोज्दै जादाँ सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी माधवराज खरेलले बताए ।

‘पुनको टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे हामी थप अनुसन्धान गर्दैछौ ।’ डिएसपी खरेलले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *