ढाँटी बुढाको हत्याप्रति एमालेद्धारा दुःख व्यक्त, घटनाको सत्यतथ्य पत्ता लगाउन माग

ढाँटी बुढाको हत्याप्रति एमालेद्धारा दुःख व्यक्त, घटनाको सत्यतथ्य पत्ता लगाउन माग

"0" Comments

रुकुम पूर्व । भुमे गाउँपालिका– ४ तल्लो साकिमकी ढाँटी पुन र उनको नाति सिजन बुढा हत्या प्रति नेकपा एमाले रुकुम पूर्वले दुख व्यक्त गरेको छ । आज एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले एक शोक बक्तव्य जारी गर्दै उनी र उनको नातिको हत्याको घटनाप्रति दुख व्यक्त गरेका हुन् ।

नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटि सदस्य तथा अखिल नेपाल महिला संघको नेता ६० बर्षिया बुढा र उनको ८ महिने नातिको मंगलबार दिउँसो तल्नो साकिममा खुकुरी प्रहार गरि हत्या भएको थियो । “यस दुःखद घटनाले नेकपा एमाले र समग्र रुकुम (पूर्वी भाग) जिल्लालाई ठुलो क्षति पुगेको छ । मृतक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवार जनप्रति नेकपा (एमाले) रुकुम (पूर्वी भाग) गहिरो समवेदना प्रकट गर्दछ । घटनाको गहिरो अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउन नेपाल सरकार समक्ष माग गर्दछौ ।”, शोक बक्तव्यमा भनिएको छ ।

साथै एमाले रुकुम पूर्वले आज जिल्लामा तय भएका पूर्व निर्धारित पाटीका र जनवर्गिय संगठनका सबै कार्यक्रमहरु १ दिनको लागी स्थगित भएको पनि बक्तव्य मार्फत जानकारी दिएको छ । ढाँटी बुढाको सम्मानमा जिल्ला पार्टी कार्यालय लगायत मातहतका कार्यालयहरुमा पार्टीको झण्डा आधि झुकाउने निर्णय समेत भएको बक्तब्य मार्फत जानकारी गराइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *