खुला रुपमा पेट्रोलियम पदार्थ बेच्ने खलङ्गाका पसलहरु सिल

खुला रुपमा पेट्रोलियम पदार्थ बेच्ने खलङ्गाका पसलहरु सिल

"0" Comments

रुकुम पश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गामा खुला रुपमा पेट्रोलियम पदार्थ बिक्रि गर्ने पसलहरुमा जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । आज जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले संयुक्त अनुगमण गर्दै चार वटा पसल सिल गरेको हो ।

मुसिकोट नगरपालिका– ५ मा रहेको नाम नखुलेको एउटा पसल, वडा नम्वर १ मा रहेको समृद्धि आयल सप्लार्यस, दाजुभाई मोरट पार्टस र पातुखोलामा रहेको माउन्ट एभरेष्ट आयल सप्लार्यसमा शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले खुला रुपमा पेट्रोलियम पदार्थ नबेच्न आग्रह गर्दा पनि अटेर गरे पछि आज अनुगमणसंगै पसलहरु बन्द गरिएको उनको भनाई छ । ‘एउटा पसलमा ८ सय सम्म पेट्रोलियम पदार्थ राखिएको पाइयो । शुद्धता पनि कैफियत भेटिएको छ । मुल्य पनि महङ्गो छ । हामिले प्रक्रिया नपुगेका त्यस्ता पसलहरुमा ताला लगाइदिएका हौ ।’, सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।

अनुगमणको क्रममा नेपाल आयल निगमबाट आधिकारीक रुपमा अनुमति नलिएर तेल बेच्ने गरेको पाइएको छ । पेट्रोल पम्पबाट सस्तोमा तेल किनेर उपभोक्तालाई फरक–फकर मुल्यमा बेच्ने गरेको, विल नराखेको लगायत समस्याहरु देखिएका छन् । बन्द गरिएका पसलहरुलाई कानुनि पक्रियामा आउन तिन दिनको समय दिइएको छ ।

त्यस्तै समृद्धि आयल सप्लार्यस, दाजुभाई मोरट पार्टसलाई जरिवाना पनि गरिएको छ । समृद्धि आयल सप्लार्यसलाई १० हजार र दाजुभाई मोरट पार्टसलाई ५ हजार जरिवाना गरिएको हो ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *