सानीभेरी गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न
सानीभेरी गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न
रुकुम पश्चिम । सानीभेरी गाउँपालिकाले गाउँ सभा १६ औं अधिवेशन सम्पन्न गरेको छ । गाउँसभाबाट दुईवटा ऐन सहित ११ वटा कार्यसुची उपर छलफल गरिएको पालिका अध्यक्ष विर्खबहादुर बिष्टले जानकारी दिए ।
सभामा गाउँपालिका खानेपानी, सरसफाई तथा स्वच्छता विधेययक, २०८१ र सडक तथा सार्वजनिक मापदण्ड निर्धारण विधेयक, २०८१ परित गरिएको प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले बताए । यसका साथै गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम संसोधन, २०८१÷०८१ को साउन देखी माघ मसान्तसम्मको आय–व्यय र पछिल्लो आ.व.को लेखा परिक्षणको प्रारम्भिक लेखा परिक्षण प्रतिवेदन उपर छलफल गरी निर्णयार्थ पेश गरिएको ।
यसका साथै कार्यसुचीमा उल्लेख गरिएका बिभिन्न बिषयमा दफाबार छलफल तथा निर्णयार्थ पेश गरिएको र सबै कार्यसुचीका बिषयहरु सर्वसम्मतीले पारित भएको अध्यक्ष विष्टले बताए ।।
