खुकुरी प्रहारबाट विकास अधिकारी घाइते

खुकुरी प्रहारबाट विकास अधिकारी घाइते

"0" Comments

रुकुम । रुकुम पश्चिममा खुकुरी प्रहारबाट विकास अधिकारी  घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका –७ निवासी २७ वर्षीय अधिकारीलाई अपरिचित व्यक्तिहरुले खुकुरी प्रहार गरेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज बिहान मुसिकोट नगरपालिका १३ माछिमीमा अधिकारी माथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट अधिकारीको टाउकोमा चोट लागेको छ ।
खुकुरी प्रहारपछि उनीहरु फरार रहेकोले प्रहरीले खोजीकार्य तिब्र पारेको जनाएको छ । खुकुरी प्रहारमा तीन जना युवाहरु संलग्न रहेको तर आफूले नचिनेको घाईते अधिकारीले प्रहरी समक्ष जानकारी गराउनुभएको छ ।
घाईते अधिकारीलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा ल्याईएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *