यदुस्मृति दिवसको अवसरमा विद्यालय स्तरिय वक्तित्वकला प्रतियोगिता हुने
यदुस्मृति दिवसको अवसरमा विद्यालय स्तरिय वक्तित्वकला प्रतियोगिता हुने
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा यदुस्मृति दिवसको अवसरमा विद्यालय स्तरिय वक्तित्वकला प्रतियोगिता हुने भएको छ । फागुन २१ गते यदु स्मृति प्रतिष्ठानको भवनमा कार्यक्रम हुन लागेको हो ।
सहिदको बलिदानी, हाम्रो जिम्मेवारी भन्ने विषयमा प्रतियोगिता हुन लागेको नेकपा एमाले चौरजहारी नगरकमिटिले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय पुरुस्कार ८ हजार र तेस्रो पुरुस्कार ६ हजार रहेको छ । प्रतियोगिताको लागि विद्यालयको सिफारिस अनिवार्य गरिएको छ ।।
