२३ औं यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिलभुषण पाठकलाई
२३ औं यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिलभुषण पाठकलाई
रुकुम पश्चिम । २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार, २०८१ पत्रकार दिलभुषण पाठकलाई प्रदान गरिने भएको छ । यदु स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार पत्रकार पाठकलाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष सुजाता गौतमले जानकारी दिइन ।
उक्त पुरस्कार स्व. यदु गौतमको स्मृति दिवसको अवसरका फागुन २१ गते काठमाडौंको प्रेसिडेन्सियल कलेजमा आयोजना गरिएको ’सहिद यदु गौतमको २६ औं स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम’मा प्रदान गरिने छ ।
उक्त कार्यक्रम नेपाल सरकारका संचार तथा सूचना प्रबिधि मन्त्री एवम नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने तयारी गरिएको छ ।
यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।
तत्कालीन नेकपा एमाले रुकुमका सचिव रहनुभएका यदु गौतमलाई २०५५ साल फागुन २१ गतेका दिन साबिक रुकुमको गरायला गाबिस वडा नम्वर ४ मा तत्कालिन बिद्रोही माओवादीद्धारा हत्या गरिएको थियो ।
उनकै स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । पाठक यदु स्मृति पत्रकारिता पुरस्कार पाउने २३ औं पत्रकार हुनुहुन्छ ।
