चिसापानी–राडीबजार सडक कालोपत्रको काम अलपत्र, पुर्वधार कार्यालयमा नगरपालिकाको ध्यानाकर्षणपत्र

चिसापानी–राडीबजार सडक कालोपत्रको काम अलपत्र, पुर्वधार कार्यालयमा नगरपालिकाको ध्यानाकर्षणपत्र

"0" Comments

रुकुम पश्चि । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको चिसापानी–राडीबजार सडकखण्ड स्तरउन्नतीको काम अलपत्र परेको छ । आयोजनाको ठेक्का एमएस पिएस जियसएचसी जेभी कम्पनीले विसं.२०७८ जेठ ३ गते लिएकोमा चार बर्ष सम्म पनि आयोजनाले पुर्णता पाउन सकेको छैन । सम्झौता अनुसार निर्माण कम्पनीले २०८२ जेठ २० गते भित्र काम सम्पन्न गर्नुपर्ने छ ।

चिसापानी देखि राडीबजार सम्म ८ किलोमिटर सहित चिसापानी , राडी नदुवा मुसिकोट माछिमी सडक आयोजना अन्तर्गत सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय चौरजहारी विच ३३ करोड ४८ लाख ८९ हजार ८७३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको छ ।

यसै विच आठबिसकोट नगरपालिकाले पुर्वाधार कार्यालय चौरजहारीलाई ध्यानाकर्षण गराएका छ । आज का नगरप्रमुख रवि केसीले समयमै सडक कालोपत्रे गर्न कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

पुर्वाधार विकास कार्यालय चौरजहारी र एमएस पिएस जियसएचसी जेभी कपनले वि. स.२०७८ जेठ ३ गते लिएको ठेक्का लिएको थियो । तर लामो समय देखि उक्त सडक अलपत्र अवस्थामा परेको छ । पटक कार्यालयबाट पत्र पठाउदा अटेरी गरेपछि पुर्वाधार विकास कार्यालय मार्फत निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको र पुन अटेरी गरे नगरपालिकाले संघर्षका कार्यक्रम अगाडी बढाउने नगरप्रमुख केसीले बताए ।

ठेकेदारको अटेरीले ४ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाएका छन् ।।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *