नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न
नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न

रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटीको पाचौं पुर्ण विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । जिल्ला अध्यक्ष लिलामणी गौतमको अध्यक्षतामा भुमे गाउँपालिका कार्यलयको सभाहलमा सम्पन्न उक्त बैठकले बिभिन्न निर्णयहरु गर्दै आसन्न विधान महाधिवेशनकाका लागी सुझाव संकलन समेत गरेको छ ।
एमाले पोलिटब्युरो सदस्य खेममान खड्काको प्रमुख आथित्यता एवम् महासचिव शंकर पोखरेलको भर्चुअल सम्बोधन रहेको बैठकबाट पारित गरेका निर्णयरु आईतबार जिल्ला सदरमुकाम रुकुमकोटमा पत्रकार सम्मेलन गरी सार्वजनिक नगरिएको छ ।
अध्यक्ष लिलामणी गौतमद्धारा हस्ताक्षरित वक्तव्य मार्फत जानकारी गराईएको निर्णहरुमा पालिका कमिटीहरुको रिर्पोटिङ, पार्टीको विधानमाथीको संसोधन प्रस्तावलाई सर्वसम्मत समर्थन गर्ने, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ सिमाना नजिकै पाथीहाल्नेदेखी तलतिरको भाग र सहिद लगाएत निर्माण अलपत्र भएका बिभिन्न विकास योजनाहरुको सुचि बनाई प्राथमिकताका आधारमा काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने तथा विगत लामो समयदेखी विवादमा रहेको रुकुम पूर्व र बागलुङको सिमाना विवादको बिषयलाई दिर्घकालिन समाधान गर्नका लागी सरोकारवालाको बिशेष ध्यानाकर्षण गराउने निर्णय गर्नुका साथै पार्टी कमिटीका आगामी कामलाई गति दिन कार्ययोजना निर्माण गरिएको उल्लेख छ ।
यस बिषयमा थप्दै अध्यक्ष गौतमले निर्माणधिन जिल्ला पार्टी कार्यालय अगामी कार्तिकसम्म सम्पन्न गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा उद्घाटन गर्नेगरी बाँकी कामहरु सम्पन्न गर्ने निर्णय भएको पनि बताए ।
https://shorturl.fm/PYNJl
https://shorturl.fm/MZQN0
https://shorturl.fm/9pjtW
https://shorturl.fm/rKRYt
https://shorturl.fm/pxtWO
https://shorturl.fm/t781i
https://shorturl.fm/NoJoQ
https://shorturl.fm/Rsybm
https://shorturl.fm/kV5Yp