‘लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागी’ एमाले रुकुम पूर्वलेको जनप्रदर्शन कार्यक्रम सम्पन्न
‘लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागी’ एमाले रुकुम पूर्वलेको जनप्रदर्शन कार्यक्रम सम्पन्न
रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वले ‘लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागी’ जिल्लाका तिनवटै पालिकाहरुमा जनप्रदर्शन भव्यताका साथ सम्पन्न गरेको छ । सिस्नेको पोखरा, भुमेको खाबाङबगर र पुथाउत्तरगंगाको तकसेरामा कार्यक्रमको आयोजना गरिएको छ ।
एमाले रुकुम पूर्वका जिल्ला कमिटी अध्यक्ष लिलामणी गौतमका अनुसार ‘देशमा भएको प्रतिगामी षडयन्त्रविरुद्ध आवाज वुलन्द गर्दै लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागी जनस्तरबाट दबाब दिन यो कार्यक्रम आयोजना गरिएको हो ।’ अध्यक्ष गौतमले भने ‘पार्टीको केन्द्रिय कार्यक्रम अन्तरगत नै यो देशव्यापी कार्यक्रम अन्रतगत रुकुम पूर्वमा पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’
सिस्ने गाउँपालिकाका कार्यक्रमलाई एमाले पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रिय सल्लाहकार परिषद् सदस्य नन्दलाल शर्मा र सिस्ने गाउँ कमिटी अध्यक्ष देविलाल गिरी र युवा संघका निवर्तमान अध्यक्ष मित्रलाल केसीले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
साथै यही कार्तिक २९ गते जिल्ला स्तरिय कार्यक्रम जिल्ला सदरमुकाम रुकुमकोटमा भव्य तरिकाले आयोजना गर्ने तयारी एमाले रुकुम पूर्वले गरिरहेको छ । उक्त कार्यक्रमले देशव्यापी रुपमा दवाब सिर्जना गर्ने अपेक्षा जिल्ला अध्यक्ष गौतमले व्यक्त गरे ।

Join our affiliate program and start earning today—sign up now!