सानीभेरीमा भुकम्पपछीको पुन:निर्माण सम्बन्धी अन्तरक्रिया
सानीभेरीमा भुकम्पपछीको पुन:निर्माण सम्बन्धी अन्तरक्रिया
रुकुम पश्चिम। गत कार्तिक १७ गते गएको भुकम्पले प्रभावित भएका रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पुन:निर्माण सम्बन्धि अन्तरक्रिया आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा सानीभेरी-२ गिठाकोटमा अन्तरक्रियाको आयोजनामा गरिएको हो ।
भुकम्प पश्चात उद्वार, राहत, अस्थायी टहरा निर्माण पछी पुन:निर्माण सम्बन्धि जनप्रतिनिधी, लाभग्राही र सरोकारवाला बीच अन्तरक्रिया गरियो । भुकम्पपछी सामान्य अवस्थामा फर्किनका लागी आगामी योजना तय गर्न कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले बताए ।
कार्यक्रम बोल्दै यस क्षेत्रका प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले अब के-कस्ता संसरचना बनाउने भनेर राष्ट्रिय स्तरकै बहस थालिएको बताए । ‘प्रभावित स्थानिय तह, संघिय सरकार र सरोकारवालाका बिचमा काठमाडौंमा बृहत अन्तरक्रया गरियो। अब कसरी पुन:निर्माणमा अघि बढ्ने भन्ने बारे योजना बन्दै छ।’ उनले भने ‘अब प्रभावितका कुरा पनि सुनेर एउटा पाठ्य सामग्री तयार गरी प्रभावितका जिज्ञासा मेटाउने हाम्रो योजना छ ।’
साथै शर्माले सरकारी अनुदानको सदुपयोग गर्दै जनजीविकालाई सामान्यकरण गर्नतर्फ अघि बढ्नुपर्ने कुरामा पनि जोड दिए । सरकारले हाम्रो बजेटले धान्दैन भने दाताहरूबाट सहयोग लिनुपर्ने भन्दै पुन:निर्माणको कामलाई शिघ्र सुरू गर्नुपर्ने बताए ।
सानीभेरी गाउँपालिकामा भुकम्प प्रभावित लाभग्राहीको संख्या हालसम्म ५ हजार ९ सय २१ रहेको प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले जानकारी दिए । यसमध्ये हालसम्म ४ हजार ४ सय ८२ अस्थायी आवास बनिसकेको र १ हजार ४ सय ३९ निर्माणाधिन अवस्थामा रहेको बताए ।
सानीभेरीमा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पगेको बताउदैं अध्यक्ष बिष्टले अबको योजना र बहस पुन:निर्माणतर्फ अघि बढ्नुपर्ने बताए । साथै उनले यसको सुरूवात भएको र अब संघ र प्रदेश सरकारको सहयोमा हामी अघि बढ्ने योजना बारे पनि जानकारी दिए ।