एमाले रूकुम पश्चिमको जिल्ला अधिवेशन सुरू
एमाले रूकुम पश्चिमको जिल्ला अधिवेशन सुरू

रुकुम पूर्व । नेकपा (एमाले) रूकुम पश्चिमको जिल्ला ९ औं जिल्ला अधिवेशन मुसीकोटमा आजबाट सुरू भएको छ । एमालेका कन्द्रिय उपाध्यक्ष युवराज ज्ञावलीले अधिवेशनको उद्घाटन गरेका हुन् ।
‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतााई पराजित गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं।’ भन्ने मुल उद्घोषका साथ सुरू भएको अधिवेशको उद्घाटन पश्चात बन्द शत्र सुरू गरेर भोली (शनिबार) सम्पन्न गरिने जिल्ला अध्यक्ष नन्दराम देवकोटाले बताए ।
‘नयाँ नेतृत्वको छनौट गरेर अधिवेशन सम्पन्न हुनेछ ।’ अध्यक्ष देवकोटाले भने, ‘साथै यो अधिवेशनमा पार्टीको भुमिकाको समिक्षा र आगामी योजनाका बिषयमा पनि मन्थन गरिनेछ ।’
मुसीकोट नगरपालिका-५ बागबजार स्थित एमाले रूकुम पश्चिमको जिल्ला पार्टी कार्यालय प्राङ्गनमा अधिवेशनको कार्यक्रम आयोजना गरिएको छ ।
अधिवेशनमा भाग लिनका जिललाका ६ वटा पालिका, ७३ वटा वडा र बिभिन्न जनवर्गिय संगठनबाट गरेर करिब ३ सय ५० जना प्रतिनिधीले भाग लिने जिल्ला सचिव शशिराम नेपालीले जानकारी दिए । सकेसम्म सर्वसम्मत रूपमा र नभए निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व चयन गरिने पनि नेपालीको भनाई छ ।