एमाले रुकुम पूर्वको जिल्ला अधिबेशन रुकुमकोटमा सुरु
एमाले रुकुम पूर्वको जिल्ला अधिबेशन रुकुमकोटमा सुरु
रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वको ९ औं जिल्ला अधिबेशन आज उद्घाटन भएको छ । सिस्ने गाउँपालिका-६ छिप्रिदहमा आयोजित उद्घाटन समारोहको एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अधिबेशनको उद्घाटन गरेकी हुन् ।
अधिबेशनबाट नयाँ जिल्ला कमिटिको चयन हुने छ । अधिबेशनमा जिल्लाभर बाट ३ सय ४४ जना प्रतिनिधि सहभागि हुने जिल्ला अध्यक्ष टोपबहादुर ओलीले बताए । भोलीदेखि सुरु हुने बन्द सत्रमा पार्टीको राजनीतिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत हुनुका साथै जिल्ला कमिटिको चयन हुने पनि अध्यक्ष ओलीले जानकारी दिए ।
अधिवेशनमा सचिव अर्यालका साथै पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्य नविन रोका, यमुना रोका तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल लगायतको आतिथ्यता रहेको थियो ।