नेपाली काँग्रेस रुकुम पश्चिमले पाँच पालिकाको सम्मेलन सकायो
नेपाली काँग्रेस रुकुम पश्चिमले पाँच पालिकाको सम्मेलन सकायो
रुकुम पश्चिम । नेपाली काँग्रेस रुकुम पश्चिमले पाँच पालिकाको सम्मेलन सकाएको छ । जिल्लाको आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाको सम्मेलन सकाएको काँग्रेसका जिल्ला प्रवक्ता लालबहादुर ओलीले जानकारी दिए ।
सानीभेरी गाउँपालिकाको पालिका सम्मेलन सकाए पछि जिल्ला सम्मेलन हुने उनको भनाई छ । साथै आज मुसिकोट नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । खलंगास्थित बिपि स्मृति भवनमा सम्मेलन सम्पन्न भएको हो ।
नगर सभापति प्रेमबहादुर ओलीको अध्यक्षतामा भएको सम्मेलनमा नेपाली काँग्रेसका कर्णाली प्रदेश महामन्त्री एवम् राष्ट्रिय सभाका सदस्य प्रमुख सचेतक कृष्णबहादुर रोकायको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मेलनमा नगर सभापति ओलीले पेश गर्नुभएको सांगठनिक प्रतिवेदन उपर छलफल भएको र बन्दशत्रबाट प्रतिवेदन पारित भएको हो । मुसिकोट नगरपालिकास्थित १४ वटै वडाका सभापतिहरुले सम्मेलनको शुभकामना मन्तव्यसहित भनाई राखेको थिए ।
सम्मेलनमा बोल्दै कर्णाली प्रदेश महामन्त्री एवम् राष्ट्रिय सभाका सदस्यले काँग्रेसले प्रतिपक्षको भुमिका राम्रोसंग निभाउने बताए । जिल्लामा पनि काँग्रेसका कार्यक्रता अहिले पनि सरकारबाट पाउनु पर्ने सेवा सुबिधाबाट बञ्चित हुने गरेको उनको भनाई थियो । जिल्लाका केहि स्थानीय सरकारले काँग्रेसका मान्छेलाई सेवा सुबिधाबाट बञ्चित गर्ने गरेको उनले बताए ।
सम्मेलनमा नेपाली काँग्रेका जिल्ला उपभापतिद्वय हर्कसिंह खत्री र सुरतजंग मल्ल, पार्टी सचिव परमेश्वर भण्डारी, सहसचिव यज्ञबहादुर बिष्ट, कोषाध्यक्ष मोहबिर खड्का, क्षेत्रिय सभापति एवम् मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, महाधिवेशन प्रतिनिधीहरु, प्रदेश प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, जिल्ला कार्यसमितिका नेताहरु, नगर कार्यसमितिका पदाधिकारीहरु, क्रियाशिल सदस्यहरु लगायत शुभेक्छुकहरुको उल्लेख सहभागिता रहेको थियो ।
नगर सभापति ओलीले हाल नगरपालिका क्षेत्र भित्र एक हजार सात सय ९३ जना क्रियाशिल सदस्यहरु रहेको र आगामी अधिवेशनसम्म सदस्यता बिस्तार गर्ने लक्ष्य राखिएको बताएका थिए ।