ट्रेड युनियन महासंघ रुकुम पश्चिमको दास्रो जिल्ला सम्मेलन
ट्रेड युनियन महासंघ रुकुम पश्चिमको दास्रो जिल्ला सम्मेलन
रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र ) निकट भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ रुकुम पश्चिमको दास्रो जिल्ला सम्मेलन उदघाटन भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ रुकुम पश्चिमको आयोजनामा संचालन गरीएको दोस्रो जिल्ला सम्मेलनको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम कार्यक्रमका प्रमुख अतिथि काली वहादुर मल्लले गरेका हुन् ।
मजदुरहरुका हक, अधिकारहरुको पक्षमा वकालत गर्दै आईरहेको महासंघले आयोजना गरेको सम्मेलनमा जिल्लाका ६ वटै पालिकाबाट ज्यालादारी मजदुर, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा करार सेवामा कार्यरत मजदुर, सडक मजदुर लगायत १ सय ६० भन्दा वढी मजदुरहरुको सहभागिता रहेको सम्मेलन आयोजक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए ।
सम्मेलनको उदघाटन समारोहलाई संवोधन गर्दै वक्ताहरुले मजदुरहरुको सम्मान हुनुपर्ने कुरामा जोड दिएका छन् । राज्यले नै मजदुरहरु लाई समान ज्यालाको नीति ल्याएको भएपनि त्यसको व्यावहारीक रुपमा कार्यान्वयन हुन नसकेको भन्दै मजदुरहरुले आफना अधिकारको लागि एक जुट हुनुपर्ने आवाश्यकता रहेको औल्याए ।
उद्घाटन समारोहमा जिल्ला समन्वय उपप्रमुख देव वहादुर वि.क, माओवादी जिल्ला संयोजक गोविन्द रोका (सचिन) गाउँपालिका अध्यक्ष विर्ख वहादुर विष्ट, माओवादी केन्द्रिय सदस्य एवम पुर्व सानीभेरी गाउँपालिका अध्यक्ष नर वहादुर पुन, ट्रेड युनियन महासंघ कर्णाली प्रदेश अध्यक्ष दिपक चनारा लगाएतका नेताहरुले १३५ औं विश्व श्रमिक दिवस र दास्रो जिल्ला सम्मेल सफल्ताको शुभकामना व्यक्त गरे ।
सानीभेरी गाउँपालिकामा चलिरहेको सम्मेलनको अहिले वन्द शत्र चलिरहेको कार्यक्रम संचालन बलवहादुर केसी जानकारी दिए । आजनै सम्मेलनले ३७ सदस्य नयाँ जिल्ला कार्य समिति चयन गर्ने वताईएको छ ।।