कल्पत गाउँमा मनाइयो विश्व मौरी दिवस
कल्पत गाउँमा मनाइयो विश्व मौरी दिवस
जाजरकोट । नलगाड नगरपालिका-१ कल्पत गाउँमा विश्व मौरी दिवस मनाएको छ । जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित कृषकहरूको खाद्य सुरक्षा र जीविकोपार्जन पुनस्थापना तथा सुधार आयोजना अन्तरगत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
मौरी पकेट क्षेत्रका रूपमा रहेको कल्पतमा आयोजित कार्यक्रममा स्थानिय किसान विरेन्द्र चदाराले पछिल्लो समय माहुरी संरक्षण र मह उत्पादनमा चुनौती थपिएको बताए । ‘भुकम्पले पनि मौरीमा धेरै असर गरेको छ । अहिले मान्छे त बस्ने ठाउँ छैन, मौरीलाई कहाँ राख्ने ?’
यसका साथै अन्य सहभागीले पनि भुकमणपपछी मौरीपालनमा समस्या भएकाले सहयोगका लागी याचना गरेका छन् । बर्खा याममा मौरी कसरी जोगाउने भन्ने पिर किसानले व्यक्त गरेका थिए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै कर्णाली कृषी बिकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायले मौरी संरक्षणमा चुनौती थपिएको स्विकार गर्दै यसलाई सामना गरेर किसान र सरोकावाला सबै समयमै सचेत हुन जरूरी रहेको कुरामा जोड दिए । ‘जाजरकोटको नलगाढ भनेको मौरीको हव हो ।’ उनले भने ‘यसकारण जाजरकोटमा मौरी विकास कार्यालय स्थापना गर्न पहल भैरहेको छ। यसमा सबैको सक्रियता जरूरी छ ।’
त्यस्तै गाउँपालिका अध्यक्ष डम्बर बहादुर रावतले मौरी संरक्षणका लागी वन-पर्यवरण जोजाउन जरूरी रहेको बताए । ‘सरकार व्यवसायीक रूपमा मौरी पालन गरेर आम्दनी गरिरहनुभएका किसानको साथमा छ ।’ उनले भने, ‘किसानको हितका लागी गर्नुपर्ने आवश्यक कामलाई प्रभावकारी बनाएर अघि बढ्न आगामी दिनमा थप पहल गरिनेछ ।’
नगलगाढ नगरपालिका र संयुक्त राष्ट्रसंघिय खाद्य तथा अगुवाईमा जिल्ला स्थित बिभिन्न सरोकारवाला कार्यालयको संयुक्त आयोजनामा दिवसको कार्यक्रम गरिएको थियो ।
‘मौरी संग युवा’ नारा सहित यो बर्ष मौरी दिवस मनाईएको एफएओका फिल्ड संयोजक विवेक आचार्यले बताए ।