अखिल नेपाल ट्रेड युनियन महासंघ रुकुम पश्चिमको बैठक सम्पन्न

अखिल नेपाल ट्रेड युनियन महासंघ रुकुम पश्चिमको बैठक सम्पन्न

"0" Comments

रुकुम पश्चिम  । अखिल नेपाल ट्रेड युनियन महासंघ रुकुम पश्चिमको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । आज माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा बोल्दै उप–महासचिव शर्माले अखिल नेपाल टे«ड युनियनले पाटीको गतिविधिलाई ठुलो सहयोग गरेको बताएका छन् ।

देशमा भएका विभिन्न परिवर्तनको आन्दोलतमा महासंघको ठुलो योगदान रहेको बताउदै उप–महासचिव शर्माले अझै पनि देशको हकहितको लागि महासंघको ठुलो योगदान रहनेमा उनले विश्वास व्यक्त गरे ।

बैठकले असार १ गते सम्म सवै पालिकाहरुमा महासंघको पालिका समिति निर्माण गर्ने निर्णय गरेको छ । त्यसको लागि आज बैठकले पालिका ईञ्चार्जहरु पनि छनोट गरेको महासंघ जिल्ला कार्यसमिति सचिव रमेश गिरीले जानकारी दिए ।

उनका अनुसार मुसीकोट नगरपालिकामा रमेश गिरी, चौरजहारी नगरपालिकामा लोकेन्द्र परियार, सानीभेरी गाउँपालिकामा शेरबहादुर विक, आठविसकोट नगरपालिकामा प्रेम थापा, बाँफिकोट गाउँपालिकामा पुर्णबहादुर ओली र त्रिवेणी गाउँपालिकामा चन्द्रबहादुर पुनमगरलाई इञ्चार्ज तोकिएको छ ।

त्यस्तै आजको बैठकले जिल्लामा रहेका पाटीका विभिन्न १० वटा पेसागत संगठनको भेलाहरु गर्ने, महासंघले जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने, प्रत्यक पालिकाहरुमा अखिल नेपाल निर्माण महासंघ गठन गर्ने लगायत निर्णय गरेको सचिव गिरीले बताए ।

महासंघका जिल्ला अध्यक्ष अर्जुन कुमालको अध्यक्षतामा भएको बैठकमा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै महासंघका कर्णाली प्रदेश अध्यक्ष दिपक चनारा, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज बसन्त शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन लगायतको आतिथ्यता रहेको थियो । बैठकको सञ्चालन महासंघका सचीव रमेश गिरीले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *