एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज : लुम्बिनीमा पद्मा अर्याल
एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज : लुम्बिनीमा पद्मा अर्याल
![](https://bukinews.com/wp-content/uploads/2024/08/128704370_103617591612664_2786627218433163690_n.jpg)
काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ । त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।