राष्ट्रिय युवा संघ नेपाल रुकुम पूर्वद्धारा सडक मर्मत

राष्ट्रिय युवा संघ नेपाल रुकुम पूर्वद्धारा सडक मर्मत

"0" Comments

रुकुम । राष्ट्रिय युवा संघ नेपाल रुकुम पूर्वले सडकमा परेका खाल्डा पुरेर सडक मर्मत गरेको छ । प्रत्यक महिनाको अन्तिम शनिबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आज रुकुमकोट देउखोला सडकखण्ड अन्तरगत विभिन्न ठाउँको सकड मर्मत गरिएको हो ।

सडकखण्ड अन्तरगत लुस्पा पिपलबोट नजिक सडकमा परेका खाल्डा पुरीएको युवा संघ रुकुम पूर्वका जिल्ला अध्यक्ष मित्रलाल केसीले जानकारी दिए । ‘युवा संघ जिल्ला समितिले प्रत्यक महिनाको अन्तिम शनिबार विभिन्न काम गर्दै आएको छ । आज पनि हामिले दुई वटा मुहान सरसफाइ र सडक मर्मतको काम गरेका छौ ।’, केसीले भने ।

युवा संघ रुकुम पूर्वले प्रत्यक महिनाको अन्तिम शनिबार धारा, मुहान, मन्दिर, बाटो, सडकहरु मर्मत सम्भार र सरसफाई गर्दै आएको छ । आज सडक मर्मतका साथै रुलिखोलामा रहेको मुहान र पाखागाउँमा रहेको सौंरिखोला मुहानमा सरसफाइ गरिएको हो ।

राष्ट्रिय युवा संघ रूकुम पूर्वका अध्यक्ष मित्रलाल केसी लगायत पदाधिकारी, संगठनका नेता, कार्यकर्ता ,पाटीका लेखा समिती अध्यक्ष चिन्तामणि दाहाल, पार्टी कार्यालय सचिव हरिहर पौडेल, प्रहरी, स्थानीय लगायतको सहभागितामा सडक मर्मत र मुहान सरसफाई गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *