अखिल (क्रान्तिकारी) रुकुम पूर्वको अध्यक्षमा चन्द्र रसाइली

अखिल (क्रान्तिकारी) रुकुम पूर्वको अध्यक्षमा चन्द्र रसाइली

"0" Comments

रुकुम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुकुम पूर्वको अध्यक्षमा चन्द्र रसाइली चयन भएका छन् । शुक्रबार देखि रुकुमकोटमा सुरु भएको २७ औं जिल्ला सम्मेलनबाट रसाइलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । सम्मेलन आज सकिएको छ ।

उपाध्यक्षमा बिमल विक, प्रदिप कामी र पुजा खड्का चयन भएका छन् । त्यस्तै सचिवमा अम्मर खत्री, सहसचिवमा आस्था विक र कोषाध्यक्षमा रुपक विक चयन भएका छन् । जिल्ला समिति ३३ सदस्य चयन गरिएको हो ।

सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य गणेशमान पुनले उद्घाटन गरेका थिए । शुक्रबार देखि सुरु भएको सम्मेलन संगठनको प्रतिवेदन पास र नयाँ जिल्ला कमिटि चयन गर्दै आज सम्पन्न भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *