नेकपा एमाले भुमे गाउँपालिकाको पदाअधिकारी बैठक सम्पन्न

नेकपा एमाले भुमे गाउँपालिकाको पदाअधिकारी बैठक सम्पन्न

"0" Comments

रुकुम । नेकपा एमाले भुमे गाउँपालिकाको पदाअधिकारी बैठक सम्पन्न भएको छ । बिहिरबार जिल्ला अध्यक्ष लिलामणि गौतमको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले पालिकामा सदस्यता नविकरण अभियानलाई तिव्र पार्ने निर्णय गरेको छ । जसको लागि पाटीका विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिईएको पालिका कमिटि अध्यक्ष धनकुमार पुनले जानकारी दिए । वडाहरुमा पाटीको सदस्यता नविकरण र वितरणको लागि जिम्मेवारी वाटफाट गरिएको उनको भनाई छ ।

वडा नम्वर १ र २ मा प्रताप बुढा, ३ र ४ मा श्यामप्रशाद बुढा, वडा नम्वर ५ मा दलबहादुर नेपाली, वडा नम्वर ६ र ७ मा सिजनकुमार नेपाली र विजय बुढा वडा नम्वर ८ मा लालप्रशाद ओली र वडा नम्वर ९ मा चन्द्र प्रकाश खड्कालाई सदस्यता वितरण तथा नविकरणको जिम्मेवारी दिइएको हो ।

त्यस्तै वडा अधिबेशन हुन बाँकी वडाहरुमा दशै अगाडिनै वडा अधिबेशन गर्ने निर्णय भएको छ । रुकुम पूर्व र बागलुङ जिल्लाको सिमाना पातिहाल्नामा लामो समय सम्म सिमा विवाद रहेकाले त्यो विवाद समाधानको लागि जिल्ला स्थित सरोकारवालाहरुको ध्यानकर्षण गराउन जिल्ल अध्यक्ष लिलामणि गौतमलाई अनुरोध गरिएको छ ।

बैठकमा जिल्ला अध्यक्ष गौतम, प्रदेश कमिटि सदस्य रुजिधन घर्ती, जिल्ला कमिटि उप सचिव पशुपति खड्का, कार्यालय सचिव हरिहर पौडेल, जिल्ला कमिटि सदस्य सिजनकुमार नेपाली र हिरा गुरुङको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *