प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा छ : मन्त्री भण्डारी

प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा छ : मन्त्री भण्डारी

"5" Comments

रुकुम । कर्णाली प्रदेश सरकार रणनीतिक अस्पालत स्थापनाको योजनामा रहेको प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएका छन् । प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्ने उद्श्यले रणनीतिक अस्पालत स्थापनाको योजना बनाइएको उनको भनाई छ ।

आज रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विभिन्न जिल्लाहरु र विकटका पायक पर्ने स्थानहरुमा त्यस्ता खालका अस्पतालहरु स्थापना गर्ने योजना रहेको उनको भनाई थियो । “प्रदेशको सबै ठाउँमा भरपर्दो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यो समस्या समाधानको लागि सरकारले रणनीतिक अस्पताल सञ्चालनको योजना बनाएको हो । सरकारले १२ स्थानमा यस्ता खालका अस्पताल स्थापना गर्ने योजना बनाएको छ ।”, मन्त्री भण्डारीले भने ।

अस्पातलमा विषेशज्ञ सेवा प्रवाह गर्ने उद्श्य रहेको उनको भनाइ छ । “प्रदेशको सवै ठाउँमा विषेशज्ञ सेवा भएका अस्पताल पनि छैन । जिल्ला शस्पतालहरु र अन्य स्वास्थ्य संस्थामा पनि सुविधा नभएको पाईन्छ । जिल्ला अस्पताल सम्म पुग्न समस्या भएको पनि छ । त्यस्ता ठाउँ छनोट गरेर हामिले विषेशज्ञ सेवा सहितका रणनीतिक अस्पतालको अवधारणा ल्याएका हौ ।”, मन्त्री भण्डारीले भने ।

त्यस्तै प्रत्यक तिन÷तिन महिनामा प्रदेशभर नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रदेश सरकारसंग रहेको उनले बताए । संघियता आउनु भन्दा पहिला निर्माण सुरु भएका स्वास्थ्य भवनहरु पुनःनिर्माणको लागि पनि काम भैरहेको उनको भनाई थियो ।

“संघियता आउनु भन्दा पहिला निर्माण थालिएका तर निर्माण हुन नसेकेका धेरै स्वास्थ्य भवनहरु अलपत्र अवस्थामा छन् । उति खेर भवन निर्माण गरिहेको कार्यालयहरु संघियता पछि नहुदा भवन निर्माणको काम अलपत्र परेका हुन । त्यस्ता खालको भवनको तथ्याङ्क संकलन भैरहेको र अवस्था हेरेर निर्माणलाई निरन्तरता दिइने छ ।”, मन्त्री भण्डारीले भने ।

त्यस्तै “एक पालिका, एक नुमना विद्यालय” स्थापना कार्यक्रम, प्रदेश अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने, प्रदेशमै स्वास्थ्यमा दक्ष जनशक्ति उत्पादनमा प्रदेश सरकारको प्राथामिकता रहेको उनको भनाई छ ।।

 


5 thoughts on “प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा छ : मन्त्री भण्डारी

  1. Thank you for some other magnificent post. Where else could anybody get that type of information in such a perfect method of writing? I’ve a presentation next week, and I am at the search for such info.

  2. Youre so cool! I dont suppose Ive learn something like this before. So nice to search out someone with some authentic ideas on this subject. realy thank you for starting this up. this website is one thing that’s wanted on the internet, somebody with somewhat originality. useful job for bringing one thing new to the web!

Leave a Reply

Your email address will not be published. Required fields are marked *