पुथाउत्तरगंगा गाउँपालिका उप-निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनको अन्तिम तयारीमा

पुथाउत्तरगंगा गाउँपालिका उप-निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनको अन्तिम तयारीमा

"4" Comments

रुकुम । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष तथा वडा नं २ को अध्यक्षमा हुन लागेको उपनिर्वाचनमा एमाले कांग्रेसले गठबन्धनको अन्तिम तयारी गरेका छन् ।

माओवादीको बलियो आधार क्षेत्र मानिएको यो क्षेत्रमा सत्तारुढ दुई ठूला दलले गठबन्धन गरेर उसले जितेका क्षेत्र आफ्नो पक्षमा पार्न खोजेका छन् ।

यसअघि माओवादीबाटै निर्वाचन जितेका पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बूढा र वडा नं २ का अध्यक्ष जसबहादुर सिर्पालीको भदौ २८ गते काठमाडौंबाट घर फर्कदै गरेको एउटै गाडी बाग्लुङमा दुर्घटनामा परेर मृत्यु भएको थियो । आगामी मङ्सिर १६ गते देशभरका स्थानीय तहका रिक्त पदका उपनिर्वाचन हुँदैछ ।

एमाले कांग्रेसले गठबन्धन गरेर जाने सूचना पाएपछि माओवादीले पनि विप्लव नेतृत्वको नेकपा माओवादी, नेकपा एसलाई साथ लिएर यसअघि जितेको ठाउँमा पुनः जित्नेगरी योजना बनाएको छ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएपनि अहिले दलहरु तिहारका कारण आफ्नो उम्मेदवार र गठबन्धनका विषयमा टुंगो लाग्न नसकेको जनाएका छन् ।

नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतम पुथा उत्तरगंगाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने विषयमा अन्तिम तयारी भएपनि कुनै टुंगो नलागेको बताउँछन् ।

‘उपाध्यक्ष एमालेले पाउनेगरी वडाध्यक्ष कांग्रेसलाई दिनेगरी अनौपचारिक छलफल गरेका छौं, तिहारका कारण अन्तिम टुंगो लागेको छैन, एमाले कांग्रेस गठबन्धन भए माओवादीले जित्नसक्दैनन्, उसले दावी गरेको बलियो क्षेत्र अहिले छैन, एमालेले ठूलो सांगठनिक संरचना बनाइसकेको छ, एक दुई दिनमा बसेर टुंगो लगाउँछौं’ उनले भने ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बरालले एमाले कांग्रेस गठबन्धन गरेर आफूहरुले जितेको ठाउँ लिने योजना बनाएको सुनेपछि विप्लव नेतृत्वको नेकपा माओवादी, नेकपा एस र जसपासँग सहकार्य गरेर जाने रणनीति बनाएको बताए ।

‘हाम्रो आधार इलाका हो रुकुमपूर्व, उपाध्यक्ष र वडाध्यक्ष माओवादीबाट जितेर जानुभएको थियो, दुर्घटनामा बित्नुभयो, अब हामीले त्यो जितलाई कायम राख्नेगरी रणनीति बनाएका छौं, उम्मेदारको टुंगो लागेको छैन, दुई दिनभित्रै टुंगो लाग्छ’ उनले भने–’विप्लव नेतृत्वको माओवादी र नेकपा एसका मत थपिँदा हामी नै जित्छौं ।’

नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले गत निर्वाचनमा थोरै मतले पराजित भएको क्षेत्रमा अहिले एमाले कांग्रेसको सहकार्य गरेर सजिलै जित्न सकिने भएकाले सोही अनुसारको तयारी गरेको बताए ।

‘अघिल्लो निर्वाचनमा नै माओवादीले थोरै मतले जितेको हो, अहिले उसले जित्न सक्दैन, सकेसम्म गठबन्धन गरेरै जाने विषयमा छलफल भएको हो, टुंगो लागेको छैन’ उनले भने ।

लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गाविसहरु समावेश भएका छन्।

गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ भने मतदाता(१८ हजार ९ सय ५४ं) रहेका छन्। पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन् । १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं। १० तकसेरामा रहेको छ ।

अहिले हुने स्थानीय तहको उपनिर्वाचनमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र वडा नं २ को अध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ को अध्यक्ष, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को अध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्ष, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यी ६ ठाउँमध्ये रुकुमपूर्वको उपाध्यक्ष र वडाध्यक्षमा माओवादीको तर्फबाट जितेका उम्मेदार थिए भने अन्य ४ स्थानमा कांग्रेसबाट जितेका उम्मेदार थिए । एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कंडेलले ६ स्थानमा हुने उपनिर्वाचनमा एमालेले कम्तीमा ३ स्थानमा जित्नेगरी योजना बनाएका बताए । ‘यसअघिको निर्वाचनमा ६ वटै स्थानमा हामीले जितेका थिएनौं तर अहिले कम्तीमा ३ स्थानमा जित्नेगरी अगाडि बढेका छौं, अब उम्मेदारको टुंगो जिल्लाले पठाएपछि फाइनल हुन्छ’ उनले भने ।


4 thoughts on “पुथाउत्तरगंगा गाउँपालिका उप-निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनको अन्तिम तयारीमा

  1. Hi there, You’ve done an incredible job. I will definitely digg it and personally suggest to my friends. I am confident they will be benefited from this website.

  2. hello!,I like your writing very much! share we communicate more about your article on AOL? I require an expert on this area to solve my problem. Maybe that’s you! Looking forward to see you.

  3. Heya i’m for the first time here. I came across this board and I find It truly useful & it helped me out much. I hope to give something back and aid others like you aided me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *