अखिल (क्रान्तिकारी) ले रुकुमेली क्याम्पसमा हाजिरिजवाफ प्रतियोगिता गर्यो
अखिल (क्रान्तिकारी) ले रुकुमेली क्याम्पसमा हाजिरिजवाफ प्रतियोगिता गर्यो
रुकुम पश्चिम । अखिल (क्रान्तिकारी) रुकुमेली क्याम्पस इकाई समितिले आज हाजिरी जवाफ प्रतियोगिता गरेको छ । क्याम्पसमा रहेका विद्यार्थीहरु विच प्रतियोगिता भएको हो ।
संगठनका पुर्व जिल्ला अध्यक्ष नारायण केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको अखिल क्रान्तिकारीबाट स्ववियू सभापतिका उम्मेदवार दिपक डागींले जानकारी दिए ।
प्रतियोगितामा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले समुह बनाएर प्रतिष्प्रदा गरेका थिए । जसको सुनिता केसी, नविन दाहालको समुह प्रथम, श्रीषा विश्वकर्मा, विष्णुमाया मल्लको समुह दोस्रो, सन्ध्या विश्वकर्मा र श्रीयाना ददेलको समुह तेस्रो तथा निर्जला केसी , नविन पुन मगरको समुह सान्तोना भएका हुन् ।
प्रतियोगितामा सहभागि भै स्थान हासिल गर्ने समुहलाई कापि, कलम लगायत शैक्षिक सामाग्रि पाएको डागींले बताए ।
