बाँफिकोटमा ‘जनयुद्ध दिवस’ मा दिएको बिदा विरुद्ध सर्वोच्चमा रिट

बाँफिकोटमा ‘जनयुद्ध दिवस’ मा दिएको बिदा विरुद्ध सर्वोच्चमा रिट

"1" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी फागुन १ गते ‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदा दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

गाउँपालिका विरुद्ध रिट लिएर द्वन्द्वपीडित चन्द्रशेखर केसी सर्वोच्च अदालत पुगेका हुन् । रिटको पेशी माघ ३० गते तोकिएको केसीले जानकारी दिए । बाँफिकोट गाउँपालिकाले माघ २८ गते फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना जारी गरेको थियो ।

’जनयुद्ध दिवसको अवसर’ भन्दै दिइएको यो बिदा सर्वाेच्च अदालतको २०७२ भदौ ९ गते, २०८० पुस १३ गते र २०८१ मंसीर २६ गतेको संवैधानिक इजलासको आदेश विपरीत रहेकाले रिटमा उक्त निर्णय बदर गर्न माग गरिएको छ । सर्वाेच्च अदालतले गत वर्ष नेपाल सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा दिएको सार्वजनिक बिदा बदर गरेको थियो ।

माओवादीको दशक लामो द्वन्द्वलाई संविधानले ‘सशस्त्र संघर्ष’ वा ‘सशस्त्र द्वन्द्व’ भनेर मात्र चिनेको रिटमा उल्लेख छ । रिट निवेदक केसीले सर्वोच्च अदालतको आदेश बमोजिम गृह मन्त्रालयले २०८० फागुन १ गते सार्वजनिक बिदा नभएको सार्वजनिक जानकारी गराएको लगायतका पाँच वटा कारण उल्लेख गर्दै बिदा खारेज हुनुपर्ने तर्क गरेका छन् ।।


One thought on “बाँफिकोटमा ‘जनयुद्ध दिवस’ मा दिएको बिदा विरुद्ध सर्वोच्चमा रिट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *