चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना

चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना

"0" Comments

रुकुम पश्चिम । चौरजहारी नगरपालिकामा इलाका प्रशासन कार्यालय उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले चौरजहारी-२ मा रहेकाे इलाका प्रशासन कार्यालयको उद्घाटन गरेका हुन् ।
अब चौरजहारीवासी र आसपासका नागरिकलाई नागरिकता, राहदानी लगायत प्रशासन कार्यालयबाट प्रदान हुने कामका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास सासंद शर्माले गरे। सङ्घीयताको मर्म अनुसार नै इलाका प्रशासन कार्यालय स्थापना गरिएको पनि उनको भनाइ छ ।
कार्यालय उद्घाटन भए पनि व्यवस्थापनको केही काम बाँकी रहेकाले सेवा प्रवाह गर्न अझै केही दिन लाग्ने इलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसीले जानकारी दिए । कार्यालयमा फर्निचर, कम्प्युटर, सिआई.एम.एस. जडान, कर्मचारी व्यवस्थापन लगायत अन्य व्यवस्थापनको काम गर्न बाँकी रहेकाले सेवा प्रवाह गर्न केही समय लाग्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारीको अख्तियारीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा इलाका प्रशासन कार्यालयबाट प्रवाह गरिने पनि इलाका प्रशासन कार्यालय चौरजहारीले जनाएको छ ।