रुकुम पश्चिममा १८ हजार ८६६ वटा अस्थायी आवास निर्माण

रुकुम पश्चिममा १८ हजार ८६६ वटा अस्थायी आवास निर्माण

"0" Comments

रुकुम पश्चिम । रुकुम पश्चिममा १८ हजार ८६६ वटा अस्थायी आवास निर्माण भएका छन् । ६ हजार ९७६ अस्थायी आभास निर्माणको चरणमा छन् । जिल्लाभर रु ७६ करोड ५९ लाख लाभग्राहीलाई भुक्तानी दिर्ईएको छ । २७ हजार ३६ जना लाभग्राहीको खातामा रकम भुक्तानी दिईएको हो ।

चौरजहारी नगरपालिकामा ३ हजार ९१५, आठविसकोट नगरपालिकामा ५ हजार ७८५, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा ५ हजार २४०, त्रिवेणी गाउँपालिकामा २ हजार ४७५ र बाँफिकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकाका ६ हजार २५४, आठविसकोट नगरपालिका ९ हजार ६६७, मुसीकोट नगरपालिकाका १ हजार ४०, सानीभेरी गाउँपालिकाका ५ हजार ६२४, त्रिवेणी गाउँपालिकाका २ हजार ७५२ र बाँफिकोट गाउँपालिकाका १ हजार ६९९ जना लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकाका रु १५ करोड ६३ लाख ५० हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड १६ लाख ७५ हजार, मुसीकोट नगरपालिकामा रु २ करोड ६० लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड ६ लाख, त्रिवेणी गाउँपालिकामा रु ६ करोड ८८ लाख र बाँफिकोट गाउापालिका रु ४ करोड २४ लाख ७५ हजार रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रबेश बडुवालले जानकारी दिए ।

जिल्ला भर २९ हजार ४०६ लाभग्राही रहेकोमा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासको लागि पहिलो किस्ताको रकम भुक्तानी भएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *