रुकुम पश्चिमका भुकम्प प्रभावितका लागी रेडक्रसको सहयोग

रुकुम पश्चिमका भुकम्प प्रभावितका लागी रेडक्रसको सहयोग

"0" Comments

रुकुम पश्चिम । भुकम्पका कारण घरबासबिहिन भएका रुकुम पश्चिमका प्रभावित घर–परिवारलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले सहयोग गरेको छ । अस्थायी आवास, शौचालय निर्माण तथा खानेपानीका लागी रेडक्रसले नगद सहयोग गरिरहेको हो ।

नेपाल रेडक्रसको कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत त्रिवेणी गाउँपालिकाको वडा नं. ९ र १० तथा सानीभेरी गाउँपालिकाको वडा नंं. ४ का कुल २ सय ५० घरधुरीका लागी सहयोग प्रदान गरिएको हो । अस्थायी आवास निर्माणका लागी ५० हजार, शौचालय निर्माणका लागी १५ हजार, खानेपानीको ड्रम राख्नका लागी ७ हजार र बहुउदेश्यि प्रयोजनका लागी १५ हजार गरेर प्रति परिवार कुल ८७ हजार रकम प्रदान गर्ने योजना अनुसार तोकिएक लाभग्राहीले पहिलो किस्ता बुझ्ने क्रम अन्तिम चरणमा पुगेको रेडक्रसका जिल्ला कार्यक्रम संयोजक सरोज थापाले बताए ।

सरकारले लाभग्राही कायम भएका भुकम्प प्रभावितमध्ये गरिब, पिछडिएका र थप सहयोगको जरुरी भएकाहरुको पहिचान गरी सहायता प्रदान गरिएको थापाको भनाई छ । ‘जिल्ला विपत समिति र स्थानिय विपत समिति संगको सल्लाह अनुसार दुई पालिकामा लक्षित लाभग्राही छनौट गरेर यो सहयोग प्रदान गरिएको हो ।’ उनले भने, ‘रेडक्रसबाट आर्थिक सहायता पाएकाहरुले सरकारले अस्थायी आवासका लागी दिईरहेको रकम भने पाउदैनन् ।’

दुई पालिकाका २ सय ५० घरधुरी बाहेक थप १ हजार २ सय २ घरधुरीका लागी बहुउदेश्यि प्रयोजनका लागी प्रति परिवार १५÷१५ हजार प्रदान गरिएको पनि रेडकक्रस रुकुम पश्चिमका लेखा अधिकृत बद्री गौतमले बताए । रेडक्रसले सहयोग गर्नका लागी तोकिएका लाभग्राहीहरुले अहिले पहिलो किस्ता वापतको रकमको आधा रकम पाप्त गरेको श्रेष्ठको भनाई छ । ‘निर्माण भएका अस्थायी अवास, शौचालय निर्माणको अवस्था र खानेपानीको ड्रमको प्रयोगबारे सरोकारवाला सहित आवश्यक अनुगमन गरिएको छ ।’ उनले भने ‘तोकिएको मापदण्डमा रहेर काम गरेको निक्यौल भएपछी लाभग्राहीलाई दोस्रो किस्ता वापत बाँकी ५० प्रतिशत रकम उनिहरुको बैंक खातामा पठाईनेछ ।’

सरकारले अस्थायी आवास निर्माणका लागी दिई रहेको ५० हजारको ठाउँमा थप ३७ हजार पाएकोमा त्रिवेणी–१० का भरत कामीले खुसी व्यक्त गरेका छन् । आफुहरुले अस्थायी आवास संगै शौचालय समेत बनाउन सकेकोमा खुसी हुदैं सानीभेरी–४ की सरिता परियारले भनिन्, ‘अस्थायी आवास संगै चर्पी पनि बनाउन सक्यौं । थप १५ हजार रकमले घरको अरु आवश्यकता टार्न पनि सहज भयो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *