तुलसिरामले व्यक्तिगत तर्फबाट विपन्न परिवारलाई गरिदिए स्वास्थ्य बीमा
तुलसिरामले व्यक्तिगत तर्फबाट विपन्न परिवारलाई गरिदिए स्वास्थ्य बीमा

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ छिङका तुलसिराम बोहोराले विपन्न परिवारलाई स्वास्थ्य विमा गरिदिएका छन् । छिङका विपन्न ६ घर परिवारलाई आज स्वास्थ्य विमा गरिदिएका हुन् ।
विमाबाट ६ घर परिवारका ३० जनाले स्वास्थ्य विमाको सेवा पाउने बोहोराले जानकारी दिए । दर्शन परियार, ओईली दमाई, सिता कामी, सिता चन्द बोहोरा, पदम कामी र लिला विष्टको परिवारको लागि विमाको एक बर्षको शुल्क व्यहोरेको उनको भनाई छ ।
नि:शुल्क स्वास्थ्य बीमा पाएपछी लावान्वित पिरवारले खुसी व्यक्त गरेका छन् । सिता कामीले खुसी हुदैं भनिन्, ‘हामी जस्ता निम्न आए भएकालाइ उपचारका लागी बीमा गरिदिनुभयो । हामी एकदम खुसी छौं ।’ जम्मा ६ घर परिवारका ३० जनाले ३० लाख रुपैंयाको स्वास्थ्य विमा बापतको सेवा पाउने बताईएको छ ।