नेकपा एमाले रुकुम पुर्व–दाङ सम्पर्क मन्चको प्रथम भेला सम्पन्न
नेकपा एमाले रुकुम पुर्व–दाङ सम्पर्क मन्चको प्रथम भेला सम्पन्न
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुकुम–दाङ सम्पर्क मन्चको प्रथम भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । नेकपा एमाले रुकुम पुर्व जिल्ला कमिटी सदस्य सुसनध्वज पौडेलको अध्यक्षतामा भएको भेलाले सम्पर्क मञ्चको नयाँ समिति चयन गरेको छ ।
भेलाले सर्वसम्मत रुपमा राजिमान बुढाको अध्यक्षतामा सम्पर्क मञ्च चयन गरिएको हो । जसको उपाध्यक्षमा तेजकुमार खड्का, सचिवमा राजन घर्तीमगर, उप सचिवमा सुनित गौतम र रिमा रोका मगर चयन भएका छन् । भेलाले १७ सदस्यीय सम्पर्क मञ्च गठन गरेको हो ।
भेलामा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत रुकुम पश्चिमका अध्यक्ष नन्दराम देबकोटा, रुकुम पुर्वका अध्यक्ष लिलामनि गौतमले सम्बोधन गरेका थिए ।