नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सम्मेलनको तयारी पुरा
नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सम्मेलनको तयारी पुरा

रुकुम पश्चिम । नेपाली काँग्रेस रुकुम पश्चिमको ७ औं जिल्ला अधिवेशन पछिको पहिलो जिल्ला सम्मेलनको तयारी सकिएकाे छ । सम्मेलन उद्घाटनको लागि नेपाली काँग्रेसका उप सभापति पुर्णबहादुर खड्का, प्रदेश सभापति ललिथजंग शाही लगायत नेता रुकुम पश्चिम पुगेका छन् ।
भोली विहान ११ वजे जिल्ला पाटी कार्यालय उद्घाटन लगत्तै मुसीकोट नगरपालिका– १ बालमन्दिरमा सम्मलेन उद्घाटन हुने नेपाली काँग्रस रुकुम पश्चिमको प्रवक्ता लालबहादुर ओलीले जानकारी दिए । उद्घाटनसत्र पछि बन्दसत्रमा जिल्ला सभापति प्रेमप्रशास ओली प्रस्तुत गर्नु हुनेछ ।
बैशाख ८ गते जिल्लाको त्रिवेणी गाउँपालिकाबाट पालिकाको सम्मेलन सुरु गरेको काँग्रेस रुकुम पश्चिमले पालिका सम्मेलन, दुई वटै प्रदेश सभा क्षेत्रको सम्मेलन सकाएर जिल्ला सम्मेलन गर्न लागेको हो ।