नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सम्मेलनको तयारी पुरा

नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सम्मेलनको तयारी पुरा

"1" Comments

रुकुम पश्चिम  । नेपाली काँग्रेस रुकुम पश्चिमको ७ औं जिल्ला अधिवेशन पछिको पहिलो जिल्ला सम्मेलनको तयारी सकिएकाे छ । सम्मेलन उद्घाटनको लागि नेपाली काँग्रेसका उप सभापति पुर्णबहादुर खड्का, प्रदेश सभापति ललिथजंग शाही लगायत नेता रुकुम पश्चिम पुगेका छन् ।

भोली विहान ११ वजे जिल्ला पाटी कार्यालय उद्घाटन लगत्तै मुसीकोट नगरपालिका– १ बालमन्दिरमा सम्मलेन उद्घाटन हुने नेपाली काँग्रस रुकुम पश्चिमको प्रवक्ता लालबहादुर ओलीले जानकारी दिए । उद्घाटनसत्र पछि बन्दसत्रमा जिल्ला सभापति प्रेमप्रशास ओली प्रस्तुत गर्नु हुनेछ ।

बैशाख ८ गते जिल्लाको त्रिवेणी गाउँपालिकाबाट पालिकाको सम्मेलन सुरु गरेको काँग्रेस रुकुम पश्चिमले पालिका सम्मेलन, दुई वटै प्रदेश सभा क्षेत्रको सम्मेलन सकाएर जिल्ला सम्मेलन गर्न लागेको हो ।

 


One thought on “नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सम्मेलनको तयारी पुरा

  1. I’m extremely inspired together with your writing abilities as smartly as with the format for your blog. Is this a paid subject matter or did you customize it your self? Anyway stay up the excellent quality writing, it is uncommon to look a nice weblog like this one these days!

Leave a Reply

Your email address will not be published. Required fields are marked *