‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’

‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’

"4" Comments

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । रुपन्देही उद्योग सङ्घको ४६ औँ वार्षिक साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकारले उच्च प्राथमिता दिनुपर्ने बताए ।

उनले प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लामा औद्योगिक क्षेत्र बनाउने निर्णयलाई कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने जानकारी दिँदै उनले उद्योगी, व्यवसायीको उत्साहसंग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको बताए । मुख्यमन्त्री आचार्यले सरकारले उद्योगी मैत्री नीति अलवम्बन गरेको पनि बताए ।

“जवसम्म उद्योगी, व्यवसायीले निर्विवाद ढंगले उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तव सम्म मुलुकको पनि उन्नती हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै नीजि क्षेत्रले हो”, मुख्यमन्त्री आचार्यले भने,“सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।”

मुख्यमन्त्री आचार्यले परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी रहेको जनाउँदै उत्पादनको क्षेत्रमा लगानी बढाउन उद्योगी, व्यवसायीलाई आग्रह गरे । उनले स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी रहेको र स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिने स्पष्ट पारे ।

 


4 thoughts on “‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’

  1. Write more, thats all I have to say. Literally, it seems as though you relied on the video to make your point. You clearly know what youre talking about, why throw away your intelligence on just posting videos to your site when you could be giving us something enlightening to read?

  2. This is a very good tips especially to those new to blogosphere, brief and accurate information… Thanks for sharing this one. A must read article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *