एमालेद्धारा नलगाड नगर उपप्रमुख उम्मेदवारमा बोहरालाइ सिफारीस
एमालेद्धारा नलगाड नगर उपप्रमुख उम्मेदवारमा बोहरालाइ सिफारीस

जाजरकोट । नेकपा (एमाले) ले आउँदो मङ्सिर १६ गते हुने जाजरकोटको नलगाड नगरपालिकाको उपनिर्वाचनमा उप–प्रमुख पदका लागि सुनिता बोहरालाई सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
नगर कमिटी अध्यक्ष जनक शाहीको अध्यक्षतामा बसेको बैठकले बोहराको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । जाजरकोट जिल्ला कमिटी अध्यक्ष नरेन्द्र कुमार शाहले बोहराको उम्मेदवारीलाई स्थानीय स्तरमा एमालेको सशक्त उपस्थिति र बोहराको अनुभवका कारण जित सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
बोहराले २०७३ सालबाट नेकपा एमालेमा सक्रिय राजनीतिमा हात हालेकी हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा उपप्रमुख पदमा उम्मेदवारी दिएकी उनी माओवादी केन्द्रसँग ६ सय मतान्तरले पराजित भएकी थिइन् । २०७८ सालमा अखिल नेपाल महिला सङ्घ जाजरकोटको अध्यक्ष भएकी बोहराले त्यही वर्ष जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी समेत पाइन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा पुनः उपप्रमुखमा उम्मेदवारी दिएकी उनी नेपाली कांग्रेसकी स्वर्गीय सरिता सिंहसँग १ हजार ६ सय ११ मतले पराजित भएकी थिइन् । २०८० सालमा सातौँ अधिवेशनबाट जिल्ला उपसचिवमा निर्वाचित भएकी बोहरालाई पार्टीले फेरि उपनिर्वाचनमा उम्मेदवार बनाएको छ ।
Its like you read my mind! You seem to know so much about this, like you wrote the book in it or something. I think that you can do with a few pics to drive the message home a bit, but instead of that, this is wonderful blog. A fantastic read. I’ll definitely be back.
I see something really special in this web site.
You have observed very interesting details ! ps decent site.
It’s hard to find knowledgeable people on this topic, but you sound like you know what you’re talking about! Thanks